नख्खु कारागारबाट भागेका कैदीद्वारा पत्नीको हत्या
ललितपुरको नख्खु कारागार तोडफोडपछि फरार भएका एक कैदीले आफ्नै पत्नीको हत्या गरेको घटना सार्वजनिक भएको छ। पनौती नगरपालिका–१२, गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले आइतबार राति आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङलाई हत्या गरेका हुन्। घटनाबारे वडाध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्। सन्तबहादुर जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए। गत भदौ २४ गतेको जेन-जी…
