सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै चितवन सिड्नी बोइजले यस वर्ष विशेष दशैं उत्सव आयोजना गर्ने भएको छ। आफ्नो जन्मभूमि र परिवारबाट टाढा रहेका नेपालीहरूलाई दशैंमा घरपरिवारसँगै बसेको अनुभूति दिलाउने तथा आपसी सद्भाव, प्रेम र एकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्। दशैं नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व हो। यस…
