शपथ ग्रहणः नवनियुक्त चार मन्त्रीले सम्हाले जिम्मेवारी, महावीर पुनले प्राथमिकता भने विज्ञान र नवप्रवर्धन
काठमाडौं,नेपाल नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन्। शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।…
