राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पद त्याग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो हस्ताक्षर रहेको संघीय निजामती सेवा विधेयकमा विवाद उत्पन्न भएपछि जिम्मेवारी लिने निर्णय गरेको बताए। विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी धारामा भाषा परिवर्तन गरी मूल उद्देश्य कमजोर बनाइएको आरोपपछि खतिवडामाथि आलोचना भएको थियो। यस घटनामा…
