ACT मा सिट बेल्ट जाँच कडाइ: एक महिनामै २,८३९ चालकलाई जरिवाना

Umesh Dhakal

KNA -Canberra

ACT का सडकहरूमा सिटबेल्ट सुरक्षामा थप कडाइ बढाइएको छ । ३ नोभेम्बर २०२५ देखि ट्राफिक क्यामेरा मार्फत चालक र यात्रुहरूले सिटबेल्ट लगाएको छ कि छैन, र सही तरिकाले लगाएको छ कि छैन भन्ने कुरा जाँच गरिँदै आएको छ ।

३ देखि ३० नोभेम्बर २०२५ को अवधिमा चालकहरूलाई कुल २,८३९ सिटबेल्टसम्बन्धी जरिवाना जारी गरिएको ACT Government  infringements तथ्याङ्कले देखाउँछ।

त्यसमध्ये:

  • १,३३९ वटा जरिवाना चालकले सिटबेल्ट नलगाएको वा गलत तरिकाले लगाएको कारण,
  • १,५०० वटा जरिवाना यात्रुले सिटबेल्ट नलगाएको वा गलत तरिकाले लगाएको कारण ।

विभागका अनुसार सवारी साधनमा रहेका सबै यात्रुले सिटबेल्ट सही रूपमा लगाएको सुनिश्चित गर्ने जिम्मेवारी चालकको नै हुन्छ । यात्रुको गल्ती भए पनि जरिवाना चालकलाई नै लाग्छ ।

सडक सुरक्षा अनुसार सिटबेल्ट गलत तरिकाले लगाउँदा दुर्घटनाको समयमा शरीर अगाडि सर्न सक्छ, जसले गम्भीर चोटपटक, विशेषगरी गाडीभित्रको भागमा टाउको ठोक्किने जोखिम बढाउँछ ।

सुरक्षित यात्राका लागि सिटबेल्ट काँध र छातीमाथि सिधा रूपमा राखिएको र कम्मरको हिप भागमा कसिलो गरी बाँधिएको हुनुपर्छ । सिटबेल्ट हातमुनि वा ढाडपछाडि लगाउने, सिट अत्यधिक ढल्काउने, वा बेल्ट बटारिएको र खुकुलो राख्ने जस्ता गल्तीबाट जोगिन समेत विभागले आग्रह गरेको छ । साथै सबै चालक र यात्रुलाई हरेक यात्रामा, हरेक सिटमा सिटबेल्ट सही रूपमा लगाउन अनुरोध गरिएको छ ।
सही तरिकाले लगाइएको सिटबेल्टले जीवन बचाउँछ।

ACT Government

Most read

  1. क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
  2. आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
  3. सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
  4. सिड्नीमा ‘Live in Sydney’ The Edge Band को  सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
  5. Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *