Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
एनआरएनए अस्ट्रेलिया–एसीटीको आयोजनामा हुने नेपाल फेस्टिभल क्यानबेरा २०२७ लाई Aussie Finance and Home Loans ले इभेन्ट पार्टनरका रूपमा सहयोग गर्ने भएको छ।
क्यानबेरा, अस्ट्रेलिया: नेपाल फेस्टिभल क्यानबेरा २०२७ को आधिकारिक इभेन्ट पार्टनरका रूपमा Aussie Finance and Home Loans रहने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया–एसीटीले कम्पनीलाई फेस्टिभलको इभेन्ट पार्टनरका रूपमा स्वागत गर्दै नेपाली समुदायप्रति देखाएको सहयोग र प्रतिबद्धताका लागि आभार व्यक्त गरेको छ।
नेपाल फेस्टिभल क्यानबेरा २०२७ फेब्रुअरी १३ को दिन हुनेछ । नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रमले नेपाली समुदायका साथै अस्ट्रेलियाली नागरिक, स्थानीय व्यवसाय तथा विभिन्न सामुदायिक संस्थालाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार समुदायसँग जोडिएका व्यवसाय तथा संस्थाहरूको सहयोगले यस्ता सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

एनआरएनए अस्ट्रेलिया–एसीटीले कम्पनीको सहयोगलाई आर्थिक साझेदारीमा मात्र सीमित नभई नेपाली समुदायसँगको सम्बन्ध विस्तार, सामुदायिक गतिविधिमा सहयोग र सांस्कृतिक पहिचानको प्रवर्द्धनसँग जोडिएको महत्त्वपूर्ण योगदानका रूपमा उल्लेख गरेको छ। आयोजकले नेपाल फेस्टिभल क्यानबेरा २०२७ लाई सफल बनाउन अन्य व्यवसाय, संघसंस्था तथा समुदायका सदस्यहरूलाई पनि सहकार्य र सहभागिताका लागि आह्वान गरेको छ।
नेपालको मौलिक कला, संस्कृति, परम्परा र विविधतालाई अस्ट्रेलियाको बहुसांस्कृतिक परिवेशमा प्रस्तुत गर्दै नेपाली समुदायबीच एकता र आपसी सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा आयोजकले गरेको छ।
Aussie Finance and Home Loansले अस्ट्रेलियाभर व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ। कम्पनीले व्यवसाय तथा सवारीसाधन कर्जा, पहिलोपटक घर खरिद गर्नेहरूका लागि होम लोन, घर तथा जग्गा प्याकेज, सम्पत्ति लगानीसम्बन्धी कर्जा, होम लोन पुनर्वित्त (Refinancing) तथा सेल्फ म्यानेज्ड सुपर फन्ड (SMSF) सम्बन्धी वित्तीय समाधान उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, क्यानबेरा, तास्मानिया र पर्थलगायत अस्ट्रेलियाका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
अष्ट्रेलियामा विद्यार्थी भिसा नियममा थप कडाइ, ‘भिसा हपिङ’ रोक्ने नयाँ व्यवस्था
