अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको निधन
अमेरिकाको लुइजियानामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको असार २९ गते राति करिब ९ बजे भएको दुर्घटनामा ज्यान गएको हो। वर्षाका कारण कार चिप्लिएर रूखमा ठोक्किएपछि आगलागी भएको बताइएको छ। यादवले कार चलाइरहेका थिए भने ओलीसहित अन्य दुई जना…
