|

ह्यारिसबर्गमा नाटक भानुभक्त प्रदर्शन !

निषा पाण्डे
ह्यारिसबर्गमा त्रीवेणी साहित्यिक मञ्चले  गत जुलाई २७ तारिक २०२५ मा भव्य भानुजयन्ती सम्पन्न गरेको छ ।

प्रा . डा. हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा आदिकवि भानुभक्त आचार्यलाई विभिन्न विद्याका प्रस्तुतीबाट सम्झना गरिएको थियो  । कार्यक्रममा अमेरिकाबाट भानुलाई पत्र पढेर र वक्तव्य मार्फत सुनाइएको थियो । यसरी पत्र सुनाउनेहरु डा . तुलाराम न्यौपाने , डा . बाशुदेव मिश्र र युवा कवि देविका बराल थिए । देविका बरालले ओहायो निवासी बाशु पोख्रेल द्वारा लिखित भानुलाई पत्र सुनाएकी थिइन । कार्यक्रममा बालन र सङ्गिनी गाइएको थियो । सङ्गिनी नृत्यमा बशुधा रिजाल , बेदमाया चम्लागाई , मिना आचार्य , देबिका पोख्रेल , भिमा गौतम , कमला पाठकको सहभागिता थियो । त्यस्तै बालनमा केशब धिमाल , डिल्ली अधिकारी ,देविचरण धिमाल लगायतको समूह थियो । सङ्गिनी र बालन नेपालीहरुको परम्परागत नृत्य भएकोले साहित्य मञ्चले त्यसको जगेर्ना गर्ने उद्देश्य राखेर कार्यक्रममा यी नृत्य समावेश गरेको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्तको जीवनी साहित्यकार गण्डकीपुत्रले प्रस्तुत गरेका थिए भने स्वगत मन्तब्य मञ्चका सह -सचिव अबि अधिकारीले गरेका थिए । ल्याङ्गकास्टरका बाल प्रतिभाहरुको गीत र नृत्यले कार्यक्रममा रोचकता थपेको थियो भने गुरुङ सिस्टर डान्स क्लवका कलाकारले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कविहरु त्रिबिक्रम न्यौपाने , निषा पाण्डे , केशव धिमाल लगायतले कविता वाचन गरेका थिए !

कार्यक्रममा भानुभक्त शीर्षकको नाटक मञ्चन गरिएको थियो । भानुभक्तको जीवनीको नाट्य रुपान्तरण र निर्देशन कवि साहित्यकार गण्डकीपुत्रले गरेका थिए भने भाषा सम्पादन तथा नाटक संयोजन त्रीवेणी साहित्यिक मञ्चका अध्यक्ष कवि केशब बैरागी माइलोले गरेका थिए । नाटकमा घाँसीको भुमिकामा अध्यक्ष बैरागी माइलाले निभाएका थिए भने भानुभक्तको भुमिकामा युवा कवि गोबिन्द अधिकारी  थिए । नाटकमा गजाधर सोती र उनकी पत्नीको भुमिकामा लामो समय नाटकमा सङ्गसङ्गै अभिनय गर्दै आएका कलाकार द्वय प्रकाश नौबाग र रुपा दाहालले गरेका थिए । पथरी शरणार्थी शिविर देखिनै नाटकमा अभिनय गरेका प्रकाश नौबाग र रुपा दाहालको प्रस्तुती अत्यन्त सशक्त थियो । नाटकमा पृष्ठभूमिबाट बाँसुरी बादनमा साथ दिएका थिए फुर्वा तामाङले भने नाटककै बिषयबस्तुसङ्ग जोडिएको कविता सुनाएकी थिइन हिन्दुधर्म तथा साँस्कृतिक संगठनकि उपाध्यक्ष बशुधा रिजालले ।
प्रमुख अतिथी प्रा . डा . हरिप्रसाद अधिकारीले अमेरिका भ्रमणका क्रममा भानुजयन्तीका अबसरमा सहभागी हुनपाउँदा खुसी लागेको भन्दै नेपाली परम्पराका बालन , सङ्गिनी , गीत नृत्य र कविताका साथ नाटकको स्वाद लिन पाएकोमा गर्व लागेको बताएका थिए ।
कार्यक्रममा हिमालय ताइकान्दोकी संचालिका पुनम दुलालले भाषाको क्षेत्रमा सकृय सबै प्रती आफ्नो तर्फबाट सहयोग रहनेकुरा बताएकी थिइन । कार्यक्रममा बिशेष अतिथीका रुपमा साहित्यकार डि .बि सारु , समाजसेबी टि बि गुरुङ , समाजसेवी दिपकजङ्ग विश्वकर्मा , गायक , सङ्गीतकार अगम गुरुङ लगायतको उपस्थिती थियो । कार्यक्रमको सभापतित्व मञ्चका उपाध्यक्ष प्रेम घिमिरे र कार्यक्रम संचालन मञ्चका सचिव नारद “सुदामा” आचार्यले गरेका थिए भनी कार्यक्रमको सम्पुर्ण छायङ्कन प्रसान्ना आचार्यले गरेकी थिइन् ।

 

Most read

  1. क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
  2. आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
  3. सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
  4. सिड्नीमा ‘Live in Sydney’ The Edge Band को  सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
  5. Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *