क्यानबेरामा उत्कृष्ट ड्राइभिङ्ग रेकर्ड भएकालाई लाइसेन्स नवीकरणमा ३० प्रतिशत छुट
क्यानबेरा अष्ट्रेलिया पाँच वर्षसम्म उत्कृष्ट ड्राइभिङ्ग रेकर्ड कायम राख्न सफल एसीटी (Australian Capital Territory) का चालकहरूलाई अब लाइसेन्स नवीकरणमा ३० प्रतिशतसम्म छुट प्रदान गरिने भएको छ। एसीटी सरकारले जनाएको अनुसार, यो योजना ती चालकहरूका लागि हो जसले लगातार पाँच वर्षसम्म कुनै पनि ट्राफिक उल्लङ्घन नगरी जिम्मेवारपूर्वक सवारी सञ्चालन गरेका छन्। सरकारले जारी गरेको सूचनाअनुसार, छुटका…
