Sydney को Minto मा Summit Auto Repair सञ्चालन, सँगै नेपालका बाढीपीडितलाई सहयोग अभियान- Everest Auto Repairs Group
सिड्नी — अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मिन्टोमा Summit Auto Repair सञ्चालनमा आएको छ। Canberra स्थित Everest Auto Repairs Groupसँग सम्बन्धित सञ्चालकहरू यज्ञ अधिकारी, अनिष ढकाल लगायतले अटोमोटिभ क्षेत्रमा आफ्नो अनुभवका आधारमा नयाँ वर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएका छन्।
Summit Auto Repair Unit 3/113 Airds Road, Minto, NSW 2566 मा रहेको छ। वर्कशपमा कार, भ्यान तथा ट्रक लगायत विभिन्न प्रकारका सवारीसाधनको मर्मत तथा सर्भिसिङ सेवा उपलब्ध हुने जनाइएको छ। वर्कशपको सम्पर्क नम्बर 02 7239 5085 रहेको छ।
विभिन्न सवारीसाधन मर्मत तथा सर्भिसिङ सेवा
वर्कशपले नियमित सवारीसाधन सर्भिसिङदेखि प्राविधिक तथा विद्युतीय प्रणालीको जाँचसम्मका सेवा उपलब्ध गराउने जनाएको छ। उपलब्ध सेवामा सामान्य सवारीसाधन सर्भिसिङ, ट्रान्समिसन सर्भिसिङ, एक्जस्ट सिस्टम मर्मत, ब्रेक निरीक्षण तथा मर्मत, ब्याट्री प्रतिस्थापन, विद्युतीय प्रणालीको डायग्नोस्टिक, ट्रक मर्मत तथा सस्पेन्सन र स्टियरिङ मर्मत लगायत रहेका छन्। वर्कशपका अनुसार सेवा सोमबारदेखि शुक्रबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।
सवारी सर्भिससँगै नेपाललाई सहयोग
Minto स्थित Summit Auto Repair र Canberra स्थित Everest Auto Repairsले आफ्नो व्यावसायिक सेवासँगै नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सेप्टेम्बर २०२६ भरि सहयोग अभियान सञ्चालन गरेको जनाएको छ। अभियानअन्तर्गत ग्राहकहरूलाई सवारीसाधन सर्भिस गराउँदा $५० सहयोग गर्न आग्रह गरिएको छ। अभियानबाट संकलित रकम नेपाल सरकारको Prime Minister’s Disaster Relief Fund (प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष) मा सहयोग गर्ने उद्देश्य राखिएको प्रचार सामग्रीमा उल्लेख छ। नेपाल सरकारले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ। ग्राहक तथा समुदायका सदस्यहरूले अभियानसँग सम्बन्धित QR कोड स्क्यान गरेर वा उपलब्ध अनलाइन माध्यममार्फत प्रत्यक्ष सहयोग गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।
‘Ride. Donate. Support Nepal.’
अभियानको मुख्य सन्देश “Ride. Donate. Support Nepal.” रहेको छ। आयोजकहरूले नियमित रूपमा सवारीसाधन सर्भिस गराउने ग्राहकलाई आफ्नो गाडीको मर्मतसँगै विपत्तिमा परेका नेपाली परिवारलाई सहयोग गर्ने अवसरका रूपमा अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
नेपालमा २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको बाढीले विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा जनधनको क्षति पुर्याएको थियो। नेपाल सरकारका अनुसार प्रभावित समुदायको उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देश तथा विदेशबाट सहयोग रकम जम्मा भइरहेको छ। सेप्टेम्बर १२ सम्म कोषमा रु १३.५४ अर्ब बराबरको रकम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको थियो, र बाढी प्रभावितका लागि कोषबाट रु १ अर्ब यसअघि नै निकासा गरिएको थियो।
Summit Auto Repair को अभियानले अष्ट्रेलियामा रहेका नेपाली समुदाय तथा अन्य इच्छुक ग्राहकलाई दैनिक सवारीसाधन सेवासँग जोडेर नेपालमा विपत्तिमा परेका परिवारका लागि आर्थिक सहयोग जुटाउने प्रयास गरेको छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans

The content is really great