अस्ट्रेलियाको सरकारले Tim Tam बिस्कुटको निर्यात बढाउन ४५ मिलियन डलर लगानी गर्ने
KNA Canberra
अष्ट्रेलियाली सरकारले देशको उत्पादन उद्योग सुदृढ गर्न स्थापना गरिएको नेशनल रीकन्स्ट्रक्सन फण्ड कर्पोरेशन (NRFC) मार्फत प्रसिद्ध Tim Tam बिस्कुटलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न ४५ मिलियन डलर लगानी गर्ने भएको छ।करदाताबाट संकलित फण्डमा १५ अर्ब डलरको पूँजी रहेको छ, र Arnott’s समूहमा गरिएको यो लगानी NRFC को तेस्रो ठूलो लगानी हो। यसअघि यस फण्डले अष्ट्रेलियाको सबैभन्दा ठूलो Meat-Pie उत्पादक Patties Food Group मा ३६ मिलियन डलर लगानी गरेको थियो।
Arnott’s समूहले Tim Tam सहितका लोकप्रिय उत्पादनहरू बनाउँछ र अष्ट्रेलियाभर करिब २,५०० जनालाई रोजगारी दिएको छ। तर, Arnott’s अष्ट्रेलियाली कम्पनी होइन। यसलाई अमेरिकी private equity कम्पनी KKR ले २०१९ मा Campbell’s Soup बाट किनेको हो। अर्नोट्स १९९७ यतादेखि विदेशी स्वामित्वमै रहँदै आएको छ। यो ४५ मिलियन डलरको सहकार्य Arnott’s समूहको १.७५ अर्ब डलरको ऋण पुनर्संरचना (debt refinance) को हिस्सा हो, जसको उद्देश्य अष्ट्रेलियामा निर्माण क्षमता विस्तार गर्नु रTim Tam लाई विश्व बजारमा अझै मजबुत रूपमा स्थापित गर्नु हो।
Source: Australia GOV /Finance
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
